Aamsanchar

फिक्कलमा जारी फुटसलमा उपाधिको लागि इलाम र दार्जिलिङ भिड्ने

Author Image
शनिवार, असोज २३, २०७८

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न सेमीफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा दार्जिलिङले आहालेलाई ९–४ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा प्रवेश गर्न सफल रहयो ।

दार्जिलिङको जीतमा राजु तामाङ र फुर्वा तामाङले समान ३-३ गोल गरे । दावा तामाङले २ र सुवास सुब्बाले १ गोल गरे । आहालेको तर्फबाट दिलकुमार राईले ४ गोल फर्काए । फाइनल प्रवेशसंगै दार्जिलिङले कम्तीमा १६ हजार रुपैया सुरक्षित गरेको छ । त्यसैगरी दोश्रो सेमीफाइनल खेलमा इलामले सूर्योदयलाई १४–१ गोल अन्तरले पराजित गर्न सफल रहयो । इलामको जीतमा नगेन्द्र लिम्बुले ६ गोल गरे । रमेश गुरुङले ३, कप्तान दर्शन भक्तराज र सुरेन गुरुङले समान २-२ तथा प्रकाश थाम्सुहाङले १ गोल गरे ।

सूर्योदयको तर्फबाट शरण राईले सान्तवना गोल फर्काए । कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा जारी प्रतियोगिताको बिजेताले ३५ हजार ५ र उपबिजेताले १६ हजार ५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा भारतका २ सहित ८ टिमको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर