Aamsanchar

हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिए

Author Image
सोमवार, असोज २५, २०७८

काठमाडौं- हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्। उनले  भने‚ ‘नयाँ जीवन सुरु गरियो । सबैलाई बडादशैंकाे मेराे शुभकामना। मैले पनि नयाँ जीवनको शुभकामना पाउँछु भन्ने आशा छ।’ उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन्‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’मनोजले चार वर्षअघि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर