Aamsanchar

कारोबार खुला भएको १० मिनेटमा नै नेप्से ३४ अंकले घट्यो

Author Image
मङ्गलवार, कार्तिक २, २०७८

काठमाडौं – ब्याजदर बृद्धिको असर मंगलबार पनि शेयर बजारमा देखिएको छ । मंगलबार कारोबार खुला भएको १० मिनेटमा नै शेयर कारोबार मापक नेप्से परिसूचक ३४ अंकले घटेको छ ।

दशैं बिदा पछि बजार खुलेको पहिलो दिन आयतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । दोस्रो दिन अर्थात सोमबार भने बैंकहहरुले ब्याजदर बढाएको सूचना बाहिर आयो । यसको असर बजारमा राम्रै देखिएको छ । सोमबार करिब ७० अंकले घटेको परिसूचक मंगलबार पनि कारोबार खुला भएसँगै ओरालो लागेको छ ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३