Aamsanchar

आज कोजाग्रत पूर्णिमा दशैको अन्त्य

Author Image
बुधवार, कार्तिक ३, २०७८

दशैंको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ, यो दुर्गापक्षको समापनसङ्गै दशैंलाई अर्को वर्षकालागी थाती राखौँ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछन र काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।

आजको दिनको अर्को महत्व छ, आजको दिन धनधान्य कि देवी भगवान लक्ष्मी राती पृथ्वीलोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जसजसले राती नसुतेर भगवान लक्ष्मीमाताको भजन भक्ति गरेर वसेका छन् उनिहरुलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।

अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ । विहानै सम्पूर्ण परिवारका सदस्यहरु भेला भएर भवानीको प्रसादका रुपमा टीका र जमरा लगाएर अनि जमराहरुलाई सेलाउने चलन छ ।

कोजाग्रत पूर्णिमा पछि सुरिलो वाँसलाई काटेर त्यस्को टुप्पामा रंगीन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे वत्ति वाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लदै गरेको चन्द्रमा अनि वाँसको टुप्पामा वलेको आकाशे वत्ति एकदमै आकर्षक दृश्य हुनेगर्दछ ।

तराईतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एकप्रकारको जूवा जस्तै हो, साना साना कौडाहरुलाई हातले खालमा फालेर त्यस कौडाहरुको उल्टाई र फर्काईको संभाब्यताका आधारमा पैसा वाजीमा लगाइन्छ, आजका दिन तराइका अधिकांश् गाँउहरुमा ठूलो स्वरले माररा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ । यसैवर्ष विवाह भएका नवदम्पतीहरुलाई भनेँ वेहुलाको घरमा बेहुलीका तर्फबाट ब्यञ्जनहरु पठाउने चलन छ, यस्ता ब्यञ्जनहरुमा मिठाई, भोजन, दही लगायतका परिकारहरु अनि वेहुली गाउमा बनाएको पान पनि पठाइन्छ ।

यी ब्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्षरुपमा बेहुलीपक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरु लग्दा गम्छामा राखेको दहि लैजाने चलन भएको बुढापाकाहरु बताउँछन् । दूधलाई धेरैसमय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति वाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे १ यसरी दिदि वहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाई अर्थात साला, जेठान र भिनाजु, ज्वाँई विचमा कौडा खेल्ने् चलन पनि छ ।

अनि कस्तो भयो त यस्पालाको दशै रु पक्कै पनि रमाइलो भयो होला रु हामीमध्य धेरै फेरि जिवनयापनका कार्यमा फर्किइसक्यौ होला रु घरको सुखद यात्रा पश्चात दशैको रमाइलोलाई मनभरि सगाँल्दै पढाई, काम या ब्यवसायका कदमहरुमा आएर जुटिसक्यौ पनि होला । दशै सकियो भनेर केटाकेटीहरुमा एकप्रकारको खिन्नता आएको हुन सक्छ, या यस्पाला दशैमा यत्ति दक्षिणा कमाए भन्ने लेखाजोखा पनि दशैपछिनै राख्ने त हो जे होस चाडवाडका यी दिनहरु मादक छन्, चिसो सँगै राती शित पनि पर्न थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर