Aamsanchar

रतुवा खोलाले ७ घर बगायो १७ घर उच्च जोखिममा

Author Image
बुधवार, कार्तिक ३, २०७८

दमक । झापामा तिन दिन देखि अविरल बर्षा संगै रतुवा खोलामा आएको बाढीका कारण दमक नगरपालिका–७ स्थित रतुवाखोलाको पस्चिमी तटमा रेहका घरहरु बगाएको छ । खोलाको बाधकोमा बनाईएका घरहरु मध्ये ७ वटा घर बगाएको छ भने १७ वटा घर उच्च जोखिम रहेका छन् ।

गएराती १० वजेतिर आएको बाढीले कटान गर्दा घरहरु बगाएको हो । स्थानीय सुवास लिम्बू, रामकुमारी लावती, खड्ग लिम्बू, डम्बरवहादुर श्रेष्ठ, बिष्णुमाया लिम्बू, मिना लिम्बू र डम्बर श्रेष्ठको घर बगाएको वडाध्यक्ष भिम पौड्यालले बताए ।

अभिकेशर प्रधान,अजन तिम्सीना, काजी गुरुङ,कृष्ण थापा,मनोज मास्के,उद्धव न्यौपाने ,राजेश किस्कु, बिमल किस्कु, बम बहादुर तामाङ,भारती तामाङ,सीता श्रेष्ठ, दानबहादुर न्यौपाने, लाक्पा शेर्पा, भिम तामाङ,पविमाया तामाङ, गोविन्द श्रेष्ठ र कृष्ण श्रेष्ठको घर उच्च जोखिममा रहेकोे छ ।

रतुवामा आएको बाढीले मुख्य बाधमा पनि क्षती पुर्याएको छ । बाधको एक ठाउँमा आधा भाग कटान गर्दा रेडक्रस भवन, उद्योग बाणिज्य संघको भवन, पशु बजार र बसपार्क लगायतका क्षेत्रमा पनि नदी पस्ने जोखिम बढेको छ । आज विहान पानी पर्ने क्रम रोकिए संगै नदीमा पानीको बहाव घटदै गएकाले तत्काल थप क्षतीको सम्भावना टरेको छ । तर यसै गरी आज रातीपनि पानी पर्ने र बाढी आउने हो भने बाध फुट्ने सम्भावना रहेको छ ।

दकम नगरपालिकाले पीडत परिवारहरुलाई सुरक्षित स्थानमा स्थाननतरण गरेको छ । पानी पर्न रोकिए पछि  नदी कटान रोक्न बालवा गिटी भरेर बोरा र ढुङ्गाको तारजाली हाल्ने काम पनि सुरु गरेको छ ।
बाढीले पहाडबाट रुखहरु बगाएर ल्याएको छ तिनवटा विद्युत पोल लडाएको छ । तारहरु नदीमा तैरिईरहेको अवस्था छ । टेलिफोन, इन्टरनेटको अप्टिकल फाईवर पनि क्षतविक्षेत पारेको छ ।

भिडियो पनि हेर्नुहोस ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 374

प्रतिक्रिया (०)

सम्बन्धित खबर