Aamsanchar

आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढल्छ : ओली

Author Image
बुधवार, कार्तिक ३, २०७८

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले तर आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पार्नुभयो । 

आज बुधवार काठमाण्डाैमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौँ, एक हप्ताभित्र यो सरकार जान्छ । एमालेले ढाल्दिउँ भन्ने हो भने । यस्तै–यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौँ । लोभी–पापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र ? दिए सिद्धिने कुरा छ त्यहाँ । अरूले भन्दा हामी दिन सक्छौँ नि । अरूले पाँच भाग लगाउनुपर्छ । हामीलाई त के छ र सिङ्गै आफू हो । प्रचण्ड मिलाउन देख्नुभएन ४० प्रतिशत ल, ढ्याक्कै । हामी त त्यो गर्न सक्छौँ नि । अरूले त्यो गर्न सक्छ ? कांग्रेसले माधवलाई चालिस प्रतिशत देओस् त ? प्रचण्डलाई देओस् त ४० प्रतिशत । सक्दैन । तर हाम्रो अभिष्ट चाहिँ सरकार बनाउने होइन । हामी देश बनाउनका लागि जित्ने कुरा गरिराखेका छौँ । हामी सरकार बनाउने कुरा गरिराखेका छौँ भन्दा देश बनाउनका लागि । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउँछौँ ।’

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताउनुभयो । उहाँले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरूले चुनावमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताउनुभयो ।    

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर