Aamsanchar
Adv top
Adv below_nav

बाढी–पहिराेबाट ज्यान गुमाउनेको सँख्या ५२ पुग्यो, ३० सम्पर्कविहीन


काठमाण्डाै – गएको आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । बाढी, पहिराे र डुबानमा परेर ३० जना हराइरहेका छन् ।

गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै डोटीमा १३ जना र इलाममा ११ जना रहेका छन् । यस्तै हुम्ला, धनकुटा र पाँचथरमा छ/छ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको गृह मन्त्रालका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

यस्तै पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता भएका छन् । साथै प्युठानमा दुई जना र इलाममा पाँच जना बेपत्ता भएका छन् । बाढी, पहिराे र डुबानमा परेर विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्धार कार्य भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभएको छ ।  प्राप्त विवरणमा बाढी, पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएका छन् । 

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।