Aamsanchar

नेपालमा पाँच वर्षमा १ अर्बको तास आयात

Author Image
बुधवार, कार्तिक ३, २०७८

काठमाडौं- नेपालमा चाडबाडका बेलामा तास (प्लेइङ कार्ड)को प्याकेटको माग उच्च हुन्छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ । तर, यसरी खेलिने तास देशभित्र उत्पादन हुँदैन, यसका कारण वर्षमा करोडौं रुपैयाँ तास आयातमा खर्च हुने गरेको छ ।

बितेको पाँच वर्षमा मात्रै नेपालमा ६ करोड ६२ लाख प्याकेट तास(प्लेइङ कार्ड) आयात भएको छ । भन्सार विभागका अनुसार यो पाँच वर्षमा १ अर्ब ५ करोडको तास आयात भएको हो । चालु आर्थिक वर्षको तथ्यांक पनि जोड्ने हो भो आँकडा १ अर्ब १० करोड रुपैयाँ नाघ्छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक रोड ३४ लाख प्याकेट तास आयात भएको थियो । त्यति तास आयात गर्दा २७ करोड ४९ लाख बाहिरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २३ करोड ५४ लाख मूल्यको १ करोड ३२ लाख प्याकेट तास आयात भएको विभमागको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६मा अहिलेसम्मकै सबैभन्दा धेरै १ करोड ५७ लाख प्याकेट तास आयात भएको थियो । सो आर्थिक वर्षमा २५ करोड ६ लाख मूलयको तास नेपाल भित्रिएको थियो । आर्थिक वर्ष २०७४/७५मा १४ करोड ५७ लाखको १ करोड २१ लाख प्याकेट तास भित्रिएको थियो ।

आर्थिक वर्ष २०७३/७४मा १ करोड १५ लाख प्याकेट तास १४ करोड ५६ लाख मूल्यमा आयात भएको थियो । दशैं अघि मात्रै ५ करोड ३१ लाख मूल्यको तास नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर