

काठमाण्डाै – सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । सुनकाे भाउ आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 167


