Aamsanchar

प्रदेश १ : मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस, मतदान आइतवार

Author Image
शुक्रवार, कार्तिक ५, २०७८

माेरङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको छ ।मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेलगत्तै प्रदेश सभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन पर्सि आइतवार हुने जानकारी दिनुभयो ।

पर्सि दिउँसो १२ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । यसअघि हिजो बिहीवार वाग्मती प्रदेशमा पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु भएर १० गते मतदान हुने गरी प्रदेश सभा बैठक स्थगित भएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर