Aamsanchar

पत्रकार थापाद्वारा प्रेस क्लवलाई १० हजार पाँच सय एक रुपैयाँ प्रदान

Author Image
शुक्रवार, कार्तिक ५, २०७८

मेचीनगर ।  पत्रकार दिलीप थापाले आफ्नो जन्मदिनको अवसर पारेर प्रेस क्लब मेचीनगरलाई नगद १० हजार ५ पाँचसय एक रुपैयाँ प्रदान गर्नुभएको छ । हव डिजिटल मिडिया प्रालि मेचीनगरको कार्यालयमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा क्लबका कार्यसमिति तथा सचिवालय सदस्यसमेत रहनु भएका रातो पोस्ट साप्ताहिक तथा अनलाईनका सम्पादक पत्रकार थापाले क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलाई उक्त रकम बराबरको चेक प्रदान गर्नुभएको थियो । उक्त रकम क्लबले सञ्चालन गर्ने ‘पत्रकार उपचार कोष’मा जम्मा गरिने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

प्रेस संगठन झापाका अध्यक्ष एवम् प्रेस क्लब मेचीनगरका सदस्य झूलन रेग्मीले सञ्चालन गर्नुभएको चेक हस्तान्तरण कार्यक्रममा बोल्दैं पत्रकार थापाले आफ्नो र आफ्नो परिवारको जन्मदिन, वैवाहिक बर्षगाठ तथा अन्य अवसरमा होटल र रेष्टुरेन्टमा गएर फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यक्रमा खर्च गर्न सवैमा आग्रह गदैं पत्रकारहरुलाई कुनै ठुल्ठुला रोग लाग्दा खर्च अभाव नहोस भनेर थोरै भए पनि रकम हस्तान्तरण गरी कामको थालनी गरेको प्रतिक्रिया दिनुभयो ।

‘मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् ’ पत्रकार थापाले भन्नुभयो —‘ म आफ्नो जन्मदिनको अवसरमा पत्रकारहरुको कोषमा आर्थिक सहयोग गरेर केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि कोषमा सहयोग गर्दछु ।’ पत्रकारका लागि स्थापना हुने कोषमा स्वय्म पत्रकारले समेत सहयोग गरेर कोषलाई वलियो बनाउन सके भोलीका दिनमा कामको शिलशिलामा पत्रकारलाई कुनै असहज परिस्थिती आए कोषबाट सहयोग प्रदान गर्न सकिने हुदाँ आफुले नगद सहयोग गरेको उहाँको भनाई छ । भैपरी आउने समस्यामा परेका पत्रकारका लागि मात्र खर्च गर्ने गरी रकम हस्तान्तरण गरेको पत्रकार थापाको भनाई छ ।

अध्यक्ष उप्रेतीले यस्तो पुनीतः कार्यको थालनी गरेर पत्रकार थापाले अन्य पत्रकार र सर्वसाधारणलाई समेत प्रेरणा प्रदान गरेको बताउनुभयो । यस्तो महान कार्यको प्रशंसा गदैं क्लवका अध्यक्ष उप्रेतीले आगामी दिनमा प्रेस क्लबमा आवद्घ पत्रकार सहित मेचीनगरवासीले आफ्नो र आफ्नो परिवारको जन्मदिन, वैवाहिक बर्षगाठ तथा अन्य अवसरमा होटल र रेष्टुरेन्टमा गएर गर्ने फजुल खर्च कम गदैं प्रेस क्लब मेचीनगरलाई आर्थिक सहयाग गर्न आग्रह गर्नुभयो ।

जन्मोत्सव मनाउने फजुल खर्च कटाएर सहयोग गरे त्यस रकमले पत्रकारको थप वृद्धि विकासमा समेत टेवा पुग्ने प्रचलनको सुरुवात हुने अध्यक्ष उप्रेतीको तर्क छ । पत्रकार सधै विभिन्न प्रकारका काममा जोखिम मोलेर खटिनु पर्ने हुदाँ भईपरि आउने विपद्मा थोरै भए पनि पत्रकारका लागि सहयोग गर्न सकियोस भनेर क्लबले कोष स्थापनाको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव जीआर धितालले जानकारी दिनुभयो ।

केहीदिनअघिमात्र लेखक एवम् भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले समेत आफ्नो जन्मदिनको अवसर पारेर क्लबलाई १० हजार रुपैयाँ प्रदान गर्नु भएको थियो । चेक हस्तान्तरण कार्यक्रममा क्लबका सचिवालय सदस्य विकास देवकोटा, किशोर उपरकोटी क्लबका साधारण सदस्य राजन पाठक, नेपाल पत्रकार महासंघ झापा शाखाका साधारण सदस्य अञ्जन मिश्रलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर