Aamsanchar

‘यस कारण संयुक्त राष्ट्र संघ स्थापन गरिएको थियो’

Author Image
आइतवार, कार्तिक ७, २०७८

आजभन्दा ७६ बर्षअघि जब दोश्रो बिश्वयूद्धको समापन भएर बिश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोशीमा, नागाशाकी लगायत अमेरिकाको पर्ल हार्बर लाश अनि बारुदको अवशेषसँग लतपतिएको थियो । बिश्व यूद्धले थोकेर मानवता स्वयम हताशमा भएका बेला दिर्घकालिन शान्तिका लागि संयूक्त राष्ट्र संघको स्थापना गरिएको हो ।

आज ७६ वर्षपछि सन् २०२१ मा विश्वभरिका देशले Recovering better for an equitable and sustainable world भन्ने नाराका साथ संयूक्त राष्ट्र संघ दिवस मनाँउदैछन् ।

संयूक्त राष्ट्र संघ एउटा अन्र्तराष्ट्रिय सँस्था हो जस्ले सम्पूर्ण सदस्य राष्ट्रहरुविच समन्वय र सहयोग कायम राख्दछ । दोश्रो विश्व यूद्धको समापन अघि यस्ता कार्यहरु लिग अफ नेशनले गर्नेगरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापनाकालागी अनि पहिला र दोश्रा विश्व यूद्धजस्ता आततायी यूद्धहरु पूनः हुन नदिनका लागी संयूक्त राष्ट्रसँघको स्थापना गरिएको हो ।

संयूक्त राष्ट्रसँघको अन्तर्गत विभिन्न लक्षीत क्षेत्र र विषयमा कार्यगर्नकालागी विशिष्ट सँस्थाहरु छन् जस्तै खाधान्न र कृषीका लागी विश्व खाधान्न तथा कृषी सँस्था, अन्तराष्ट्रिय आणवीक उर्जा सँस्था, वालवालिका र महिलाकालागी यूनिसेफ आदि र यि सँस्थाहरुका आआफ्ना कार्यगत क्षेत्रमा कार्यसञ्चालनका आ आफ्नै तठस्त र मानवीय आधारहरु हुन्छन् । अहिले संयूक्त राष्ट्रसंघमा १९३ सदस्यहरु छन् भने बिश्वभरि नै साझा मुद्धा लगायत आपतकालीन सहयोग, उद्धार अनि दिघो शान्ति स्थापनार्थ संयूक्त राष्ट्रसंघ अगुवा संस्था हो ।

अग्रेजीमा यूनाइटेड नेशन्स भनिने भएकाले छोटकरीमा यूएन भनेर पनि हामीले बुझ्दछौं । संयूक्त राष्ट्रसँघ हामी सबैले देखिआएका, सुनिआएका र पढीआएका सस्थाँ हो, यूद्धग्रस्त क्षेत्र देखि प्राकृतीक प्रकोपले गस्त क्षेत्रहरुसम्म सहयोगका हातहरु, ओखती, सफा खाना, पानी, कपडा आदिका साथ यो सस्थाँ पुग्ने गर्दछ । नेपालमा पनि हामीहरु धेरैजसोले विभिन्न प्रकारका निला झण्डाहरु अकिंत अनि निलो नम्वर प्लेटका सवारी साधनहरु देखिआएका छौ । संयूक्त राष्ट्रसँघले आफ्ना सदस्य राष्ट्रहरुमा विश्व शान्ति तथा सदभावको वकालत अनि आधारभुत मानव अधिकारको प्रत्याभुती प्रवर्धन गर्ने, सामाजिक र आर्थिक विकासको सहयोग गर्ने अनि संसारभरि कुनै अकाल, प्राकृतीक प्रकोप र हिंसाभएमा शान्तिको पूर्नस्थापना अनि पिडीतहरुलाई सहयोग गर्ने कार्य गर्दछ ।

सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयूक्त राष्ट्रसँघ दिवस मनाईन्छ, सन १९७१ को संयूक्त राष्ट्रसँघको महासभाले यस एतिहासीक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । आजका दिनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संसारभरि संयूक्त राष्ट्रसँघको गठन, कार्य र ध्येयका वारेमा जानकारी गराईन्छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयूक्त राष्ट्रसँघ सप्ताह मनाईनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयूक्त राष्ट्र सँघ दिवसका रुपमा मनाईन्छ । पहिलो र दोश्रो विश्व यूद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र यूद्धका पिडाहरुमा विश्व शान्ति र सदभाव कायमगर्ने मध्यस्ततागर्नका लागी पुरानो लिग अफ नेशन्सले भुमीका खेलेको थियो । दोश्रो विश्व यूद्धको विध्वशं र विनाशले अमेरिका , वेलायत, शोभीयत यूनियनलाई संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षरगर्न जरुरी वनाएकोमा जर्मन, ईटाली, जापान र अन्य केही यूद्धरत राष्ट्रहरुवाहेक २६ वटा राष्ट्रहरुले सन १९४२ को जनवरी महिनामा संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । सन १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयूक्त राष्ट्रसँघ दिवसका रुपमा लिईन्छ । संयूक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, वेलायत, चीन, फ्रान्स लगायतका देशहरुले पनि पुष्टी र सहमती जनाएका हुन् ।

केही वर्षअघि अर्थात सन् २०१६ को अक्टोबर महिनाको २१ तारिखमा पूर्व महासचिव वान्की मुनलाई प्रतिस्थापित गर्दै पूर्व पोर्चुगीस राष्ट्रपती एन्टीनोओ गुटेरस लाई सिफारिस गरेको हो । सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको राष्ट्रपती भएका ६८ बर्षीय एन्टीनोओ अबको थप ४ बर्ष सम्म बिश्वको सबैभन्दा ठूलो कुटनैतिक पदमा आसिन हुनेछन् । यूद्धग्रस्त क्षेत्रका मानिसहरु लगायत शरणार्थीहरु अनि बिपन्न वर्गका मानिसहरु लाई प्रार्थमिक्तामा राख्ने उन्को प्रतिबद्धता रहेको छ ।

हामी मानिसहरुले आकाशमा ठूला ठूला जहाज उडाउन सिक्यौँ, समुन्द्रमा जहाजहरु मार्फत यात्रा तय गर्न जान्यौ, गाडी, ईन्टरनेट, ठूला घरहरु अनि सुखसयल प्राप्त गर्यौ तर अझै पनि मानव भएर मानवको प्रेम, सदभाव अनि विभेदको अन्त्य गर्न बाकी छ । पहिलो र दोश्रो विश्वयूद्धले जर्जर वनाएको मानव समाज अनि अस्तित्वलाई शान्ति र सदभावको मल्हमले निको पार्दे विश्व बन्धुत्व कायम गर्न गराउन सकोस, संयूक्त राष्ट्रसँघबाट संसारलाई यहि अपेक्षा छ ।

विश्व अहिलेपनि द्धन्दको चपेटामा छ, कहिले सिरिया त कहिले भारत पाकिस्तान अनि कहिले इराक त कहिले अफगानिस्तान, केही न केही नाममा मानवतामाथी चोट र ठेस पुगरिहेकै छ, संयूक्त राष्ट्रसँघको भुमीका त्यस्तर्फ अझै टड्कारो होस्। ठूला र समृद्धराष्ट्रहरुको बोलीसँगै अविकसीत अनि अल्प विकसीत देशहरुमा मौनताहरु पनि सुनियोस्, संसारमा शान्ति होस् ।

दक्षिण कोरियाले तेर्स्याएको मिसाइलको त्रास भित्र बसेका जनसख्याँ देखि भुकम्प अनि गरिबीको चपेटामा परेका सम्मलाई राष्ट्रसंघले सम्बोधन गर्न सकोस् । रोनिगिया लगायत लााखौंका पीडामा राहत प्रदान गर्न सफल रहोस् । उत्तरी देखि दक्षिणी ध्रुवसम्म, भुमध्य रेखा देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि हरेक आक्षांश र देशान्तरका कोणमा शान्ति छाओस, मङ्गल होस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर