Aamsanchar

लक्ष्मीपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

Author Image
आइतवार, कार्तिक ७, २०७८

 

झापा : पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–००१ख ३५२० नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकल आपसमा ठक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

फोटो : टेकबहादुर बस्नेत

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर