Aamsanchar

नेप्से परिसूचक उच्च अंकले उकालो

Author Image
सोमवार, कार्तिक ८, २०७८

काठमाडौं : साताको दोस्रो दिन सोमबार धितोपत्र बजार उच्च अंकले उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक आज ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको हो। नेप्सेमा आज कुल २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबारबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीमा कारोबार भयो।

बजार अस्वभाविक रुपमा वृद्धि गर्ने बैंकहरूको प्रयाससमा राष्ट्र बैंकले सर्किट लगाइदिए पछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको विश्लेषकहरू बताउँछन्।

लाभांशको सिजनमा बजार एकाएक घटेको थियो। यसरी सस्तो भएको मूल्यमा लगानीकर्ताहरू आकर्षित भएको अनुमान गरिएको छ। आज १६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा छ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३