Aamsanchar

मासु ब्यवसायी ईन्द्रको हत्यारा पत्ता लगाउन मगर संघ झापाको माग

Author Image
बुधवार, कार्तिक १०, २०७८

   

झापा – नेपाल मगर संघ झापाले गत असोज २४ गते हत्या गरिएका बिर्तामोड–५ महानन्द चोकका मासु ब्यवसायी ईन्द्रबहादुर मगरको हत्यारा पत्ता लगाउन माग गरेको छ । संघले बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै चाँडो भन्दा चाँडो हत्यारा पत्ता लगाएर कानुनी कठघरामा उभ्याउन प्रहरी प्रशासनसँग माग गरेको हो ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष जगत राना मगरले घटना भएको १९ दिन वितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नु दुःख लाग्दो भएको बताए । मगरले भने ‘प्रहरीे अनुसन्धानकै क्रममा छ, चित्त बुझ्दो परिणाम नआए संघले थप दबाब मुलक कार्यक्रम गर्दै जाने बताएका छन ।’

इन्द्रबहादुरका भाई तीलबहादुर मगरले हत्या भएको दिन दाजुसँग ६ लाख वढि रुपैयाँ साथमा रहेको बताएका छन् । उनका अनुसार हत्यापछि उक्त रकम दाजुको साथमा थिएन । उनले घटना सुनियोजित तरिकाले भएको देखिएपनि आजसम्म हत्यारा पत्ता नलाग्नुले परिवारलाई थप पीडा भएको बताए । दाजुको हत्यापछि परिवारको बिचल्ली भएको उनको भनाई छ । परिवारमा दाजु नै एक मात्र आम्दानीको स्रोत भएको बताउँदै साना छोराछोरीको भविश्य अन्यौलमा रहेको बताए ।

कार्यक्रममा मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष ज्योतीसिंह दलार्मी, संघका बिर्तामोड उपाध्यक्ष गजेन्द्र पुलामी मगर, अर्जुनधारा ११ का संघका अध्यक्ष राम बलम्पाकी मगर, विकास थापा मगर, चन्द्र आले मगर, इन्द्रबहादुरकी श्रीमति माया राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका प्रदेश नं. १ सचिव शिवन सोराली मगरले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर