Aamsanchar

अभिनेता पुनीत राजकुमारको ४६ वर्षको उमेरमा निधन

Author Image
शनिवार, कार्तिक १३, २०७८

 

कन्नाडा – अभिनेता पुनीत राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार हृदयघाटका कारण निधन भएको हो । समाजार एजेन्सी पीटीआईकाअनुसार बैंगलोरको अस्पतालले अभिनेता राजकुमारको निधन हृदयघाटका कारण भएको पुष्टि गरेको हो । 

कर्नाटकका मुख्यमन्त्री बसवराज बोमईले ट्विट गरेर अभिनेताको निधनप्रति शोक व्यक्त गरेका छन् । “कन्नाडा सिनेमाका चर्चित अभिनेता पुनीत राजकुमारको हृदयघाटका कारण निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ,” उनले लेखेका छन् ।

अभिनेता राजकुमारको निधनले कन्नाडा सिनेमा र कर्नाटकलाई ठूलो क्षति भएको भन्दै मुख्यमन्त्रीले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै उनले अभिनेताको परिवारलाई यो शोकबाट उम्किने क्षमता मिलोस् भन्दै प्रार्थना पनि गरेका छन् । 

कैयौँ राजनीतिक र मनोरञ्जन जगतका हस्तीहरूले अभिनेता राजकुमारको निधनप्रति शोक व्यक्त गरेका छन् । तमिलनाडूका मुख्यमन्त्री एमके स्टालिनले पनि ट्विटमार्फत शोक व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर