Aamsanchar

विश्व शहरीकरण दिवस

Author Image
आइतवार, कार्तिक १४, २०७८

आज ‘विश्व शहरीकरण दिवस २०२१’ विश्वभरि अनेक कार्यक्रम गरी मनाइँदैछ । विश्वमा पछिल्ला वर्षमा कोरोना भाइरस कहर र फैलिँदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका थिएनन् ।

यद्यपि सन् २०२१ मा चाहिँ सुस्तरी विश्व सामान्य हुँदैछ । ‘भर्चुअल’बाट फेरि विस्तारै भौतिक सेमिनारहरू हुने क्रमको शुरुआत भएको छ । यो भौतिक कार्यक्रमहरूबीचमै सन् २०२१ को विश्व शहरीकरण दिवस मनाइँदैछ । आज यूएनहेबिट्याट र इजिप्ट सरकारको संयुक्त आयोजनामा इजिप्टको लक्जर शहरमा विश्वभरिका देशका प्रतिनिधिहरूको संलग्नतामा विश्व शहरीकरण दिवस मनाइँदैछ ।

अक्टोबर ३१, २०१४ मा पहिलो शहरीकरण दिवस मनाइएको थियो । सन् २०२१ को विश्व शहरीकरण दिवस आठौँ संस्करण हो । अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, शहरी महिनाका रुपमा अक्टोबर मासको अन्तिम दिनलाई शहरीकरण दिवसका रुपमा मनाइन्छ । उत्कृष्ट शहर, उत्कृष्ट जीवन भन्ने सोचलाई मध्यनजर गरी हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख शहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो ।

गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर, शहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधासम्पन्न संसार भन्ने धारणा हुन्छ । शहर एक ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र संचारका लागि व्यापक सुविधायुक्त जगत हो । शहरीकरण भन्नाले एक स्मार्ट र हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक जगतको स्थापना गर्नु पनि हो ।

अन्तर्राष्ट्रिय समुदायको हितलाई बढावा दिन विश्वव्यापी शहरीकरणको अवसरहरू भेट्न, शहरीकरणको चुनौतिहरू सम्बोधन गर्न, गाउँ र शहरहरूबीचको सहयोग बढाउन र शहरी विकासका लागि योगदान पुर्याउन विश्व शहरीकरण दिवस मनाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर