
काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Views: 152


