Aamsanchar

कार्यदल संयोजकबाट रावलको लिखित राजीनामा

Author Image
आइतवार, कार्तिक १४, २०७८

 

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिनुभएको छ ।

सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले बताउनुभएको छ ।

पार्टीका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै गएको कात्तिक १० मा पेस गरेको लिखित राजीनामामा पार्टी एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनमा स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिक रुपमा र स्थायी कमिटीको बैठकमा अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नरहेको उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर