Aamsanchar

यामाहाको नयाँ एफजेड बिर्तामोडमा पनि सार्वजनिक

Author Image
सोमवार, कार्तिक १५, २०७८

बिर्तामोड । अटोमोईल्सको क्षेत्रमा विश्वमा प्रशिद्धि कमाएको यामाहा कम्पनीको नयाँ डिजाईको मोटरसाईकल बिर्तामोडमा पनि सार्वजनिक गरिएको छ ।

बिर्तामोडका लागि आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकले यामाहाको एमएडब्लु एफजेडभिथ्रि एक्स कनेक्ट मोडल मोटरसाइकल सार्वजनिक गर्दै बिक्री शुरु गरेको हो ।
सयपत्रीले आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी उक्त मोटरसाइकलको सार्वजनिक गरेको हो । उक्त मोटरसाइकलको सार्वजनिक इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्य र बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले संयुक्त रुपमा गरेका थिए ।

यामाहा मोटसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले हिजो आइतवार उक्त मोटरसाइकल नेपाल भित्रयाएको थियो ।

एफजेडभि–थ्रि मोटरसाइकल रातो, नीलो र हरियो रंगको रहेको छ भने नेपाली बजार मूल्य ३ लाख ७९ हजार ९ सय देखि ३ लाख ८४ हजार ९ सय रुपैयाँ रहेको  सयपत्री ट्रेडलिंकका सञ्चालक विनोद बस्नेतले जानकारी दिए ।

मोटरसाइकलमा जडित ब्लुटुथ रहेको छ जसले गुगल प्लेस्टोर र आईओ एसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउनलोड गरी बाइकको स्मार्ट मोडका जीवनका सुलभ बनाउने सुविधा लिन सकिने जनाइएको छ ।

मोटरसाइकलमा ब्लुटुथ प्रबिधिको पहिलो सुविधा ‘एन्सर ब्याक’, दोस्रो सुविधा ‘इ–लक’ ब्यवस्था, ‘लोकेट माई बाइक’, ‘राइजिङ्ग हिस्ट्री; ‘पार्किङ रेकर्ड’ र हजार्ड जस्ता सुविधा रहेको छ । एफजेडभिथ्री कनेक्ट एक्स मोडलको थप सुविधा बारे सयपत्रीका सञ्चालक बस्नेतले बताए ।
यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इंटरप्राइजेज यामाहाको एफ जेड भि थ्री कनेक्ट ह् मोडल अक्टोबर ३१, २०२१ बाट आधिकारीक रुपमा नेपालमा ल्याएको हो।

सन् २००८मा, एम ए डब्लु प्राली यामाहाको एफ जेड–१६ पहिलो पल्ट “लर्ड अफ द स्ट्रीट नाराको साथ नेपाली बजारमा ल्याएको थियोे । आफ्नो सुरुवाती दिनहरूदेखि नै यामाहाले नेपाली बाइक प्रेमीहरूको मन जित्नको लागि उदाहरण पेश गर्नकै लागि एभरेष्ट बेस क्याम्पमा बाईक पुर्याएको थियो ।

नेपाली युवा पुस्ताबीच लोकप्रिय रियालीटी शो “रोडीज”सँग दूर्गम स्थानका नेपाली युवा पुस्ताका प्रतिभा उजागर, प्रबर्धन र सशक्तिकरण गर्ने उदेश्यले साझेदारी गर्यो । सन् २०१७को रोडीड दोस्रो सिजनबाट “रोडीज शो ”सँग संलग्नता रहेको यामाहाको यात्रा सिजन चारसम्म पनि निरन्तर अघि बढिरहेको छ । यामाहाले नेपाली युवा पुस्ताका प्रतिभा बाहिर ल्याउन रोडीजको हरेक सिजनमा अडिसन लिने गरेको छ । त्यसैगरी, सन् २०१८मा यामाहाले देशका विभिन्न स्थानबाट पन्ध्र राइडरहरूसँग लोमान्थाङसम्मको यात्रा गरेको थियो । एफ आइजस्ता नयाँ प्रविधि अपडेट गरिएको एफ जेड बाइकले सबै अवरोधहरू सजिलैसँग पार गर्दै लोमान्थाङसम्मको यात्रालाई सफल र ऐतिहासिक बनाएको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१
सुनको मुल्य
आइतवार, वैशाख २, २०८१