Aamsanchar

सुरुंगाको हरिकुलले विद्यार्थीलाई सिकायो देउसी भैली

Author Image
बिहिवार, कार्तिक १८, २०७८

कनकाई । विद्यार्थीहरुलाई मौलिक पर्व, संस्कृति अनि आफ्नो पहिचानको बारेमा जानकारी गराउने उदेश्यले सय बर्ष तिहारको अबसरमा झापाको कनकाई नगरपालिका–३, सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थी बिच देउसी भैली कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालीहरुको दोस्रो महान चार्डको रुपमा रहेको तिहारमा देउसी भौलो खेल्ने चलन परापूर्वककाल देखि चल्दै आएको छ । आफ्ना आफन्त साथीभाई संग गाउँघरमा खेलिने देउसी भैली पछिल्लो समयमा क्रमस् लोप हुदै र देउसी भैलीलाई केहीले भड्किलो उत्ताउलो ढंगले मनाई दिदा नयाँ पुस्तामा मौलिक ज्ञानबारे अनविज्ञ बन्दै गएको, मोलिकता भन्दा बाहिर गएर खेलिने देउसी भैलोका कारण संस्कृतिमाथी नै आँच आएको संस्कृति विद र अग्रजहरुले चिन्ता व्यक्त गरिरहेको अबस्थामा हरिकुलले लोक संस्कृतिलाई संरक्षण र महत्व बढाउने काम गरेको भन्दै अभिभावकहरुबाट हरिकुलको प्रशंषा पनि हुन थालेको छ ।

कक्षा १ देखि १० सम्म अध्यन्न गर्ने छात्र छात्राहरुलाई नेपाली भेषभूषा र शैलीमा देउसी भैली खेलाईएको थियो । विद्यार्थीहरुले नाची नाची रमाई रमाई देउसी खेलेका थिए । सोही कार्यक्रममा छात्रवृत्ति पनि वितरण गरिएको थियो । हरिकुल पूर्व विद्यार्थी हाल युएसबाट स्थापना गरिएको छात्रवृत्ति कक्षा ९ की झरना खत्रीलाई प्रदान गरिएको छ । त्यसैगरी शोभा रावलले स्थापना गरेको कक्षा ८ की नेहा श्रेष्ठ र कक्षा ६ की नेश्मा दवाडी, शिशिर पोखरेलले स्थापना गरेको कक्षा १० की सन्ध्या शाह, सुरेश ढकालले स्थापना गरेको कक्षा ९ का उत्सव गौतमलाई प्रदान गरिएको थियो ।

डाक्टर गृशा रावलको अध्यक्षतामा आयोजित छात्रवृत्ति तथा तिहार विशेष कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष चन्द्रप्रसाद मैनालीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक टामन न्यौपानेले गरेका थिए ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 615

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१