Aamsanchar

देवकोटाको ११३ औं जन्मजयन्ती काँकरभिट्टामा भव्य रुपमा सम्पन्न

Author Image
बिहिवार, कार्तिक १८, २०७८

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती काँकरभिट्टामा भव्य रुपमा मनाइएको छ ।
मेचीनगर–६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको दिन महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो ।

संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य शुभद्रा भट्टराई अर्याल, साहित्यकार पुन्यप्रसाद खरेल, समाजसेवी सविना बजगाई, लगायतले देवकोटाको जीवनी र योगदानका बारेमा चर्चा गरेका थिए ।

देवकोटाको पुर्णकदको शालिकमा प्रमुख अतिथी, अतिथी लगायतका व्यक्तित्वहरुले माल्यापर्ण गरी कार्यक्रमको शुरुवात गरेका थिए ।

देवकोटा पार्क व्यवस्थापन समितिका कार्यक्रम संयोजक बालकृष्ण थापाको सभापतित्व, स्वागत मन्तव्य संमक्षक डिल्लीराम घिमिरे र सञ्चालन सचिव फडिन्द्र घिमिरेले गरेका थिए ।

कार्यक्रममा देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार खरेल, समाजसेवीहरु राजु पोखरेल, ओमप्रकाश खापुङ, हरि तिम्सिना, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र प्रसाई, ईप्रका प्रमुख सुनिलसिंह दाहाल,लगायत युवा तथा साहित्य प्रेमीहरुको उपस्थिती रहेको थियो ।

देवकोटाको जन्मजयन्तीको अवसरमा साँझ देवकोटा पार्कमा सास्कृतिक कार्यक्रम समेत हुने संयोजक थापाले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर