Aamsanchar

सुनचाँदीको मूल्यमा भारी वृद्धि

Author Image
सोमवार, कार्तिक २२, २०७८

     

काठमाडौं : सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। आज छापावाला सुन प्रतितोला १५ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि तिहारअघि कात्तिक १८ गते छापावाला सुन तोलाको ९१ हजारमा कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३