Aamsanchar

खोप नलगाएका व्यक्तिहरुलाई अस्ट्रियामा लकडाउन

Author Image
सोमवार, कार्तिक २९, २०७८

काठमाण्डाै –  अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो ।

यो घोषणाअनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न नपाउने बीबीसीले जनाएको छ ।

खोप नलगाएका व्यक्तिले प्रतिबन्धको पालना नगरे जरिबाना हुनेछ । खोप लगाए नलगाएका व्यक्तिहरुको सुरक्षा जाँच प्रहरीले गर्नेछ । प्रहरी नागरिकले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा खटिने छ । लकडाउन सुरुमा १० दिनसम्म रहनेछ । 

झण्डै ९० लाख जनसङ्ख्या रहेको यो देशमा लकडाउनबाट बीस लाख नागरिक  प्रभावित हुने खबरमा उल्लेख गरिएको छ ।  अस्ट्रियामा कुल जनसङ्ख्याको झण्डै ६५ प्रतिशतले मात्र पूर्णरूपमा खोप लगाएका छन् । पछिल्लो समय त्यहाँ सङ्क्रमण फैलिएसँगै अस्पतालमा बिरामीको भीड बढेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर