Aamsanchar

झापाका १ सहित २ जना नेपालीको इजरायलमा मृत्यु

Author Image
सोमवार, कार्तिक २९, २०७८

काठमाण्डौ – नेपालीहरुको रोजगार गन्तव्य देश इजरायलमा गाडी दुर्घटना र कोरोनाका कारण दुई जना नेपालीको ज्यान गएको छ । वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएका झापाका रमेशकुमार विश्वकर्माको कोरोनाका कारण र सुनसरीका लालबहादुर विष्टको सडक दुर्घटनामा परेर ज्यान गएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यस्तै परिवारको स्वीकृतिमा रमेशकुमारको शव केही अघि इजरायलमै अन्त्येष्टि भइसकेको र लालबहादुरको शव हिजो नेपाल पुर्याइएको पनि दूतावासले जनाएकाे छ ।

दूतावासका अनुसार रमेश विश्वकर्माले कोरोनाको खोप लिनुभएको थिएन । कोरोना खोप लगाउनेहरुमा मृत्युदर निकै कम हुने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेकाले अहिलेसम्म खोप नलगाएका इजरायल तथा साइप्रसमा बस्ने सबै नेपालीलाई खोप लाउन दूतावासले आग्रह गरेको छ ।

यस्तै सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या निरन्तर बढ्दै गएको भन्दै सडक सुरक्षामा पनि ध्यान दिन दूतावासको आग्रह छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर