Aamsanchar

भारतसँग मित्रता चाहन्छाैँ : तालिबान

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७८

काठमाण्डाै – अफगानिस्तान कब्जा गरेको तालिबानले भारतसँग दुस्मनी नभइ मित्रता चाहेको बताएको छ। विदेशमन्त्री अमिर खान मुक्तकीले बीबीसीसँगको कुराकानीमा आफूहरुले भारतसँग कुनै रिस र दुस्मनी नभइ मित्रता चाहेको बताउनुभएको हो । भर्खरै पाकिस्तान भ्रमणबाट फर्किएका विदेशमन्त्री मुक्तकीले पाकिस्तानसँग सम्बन्ध बढाउनुको अर्थ भारतसँग दूरी बढाउनु नरहेको बताउनुभएको पनि खबरमा उल्लेख छ ।

तालिबान सरकारले कुनै पनि देशसँग मित्रवत व्यवहार गर्ने भन्दै विदेशमन्त्रीले रुस, चीन, भारतलगायतका ठूला देशसँगको सम्बन्ध सुमधुर बनाउने बताउनुभएको छ । देशका धेरै ठाउँबाट इस्लामिक स्टेट आईएसलाई पराजित गरेको र अफगानिस्तानमा धेरै ठूलो खतरा नरहेको उहाँको दाबी छ ।

पहिलो पटक महिला पत्रकारलाई अन्तर्वार्ता दिएका विदेशमन्त्री मुक्तकीले महिलालाई अधिकार दिने सरकारको घोषणा कार्यान्वयन हुने पनि दाबी गर्नुभएको छ । तालिबान पहिलेको तुलनामा धेरै बदलिएको भन्दै उहाँले महिलालाई प्रतिबन्ध लगाएर देश अघि बढ्दैन भन्ने कुरामा आफूहरु ढुक्क रहेको बताउनुभएको खबरमा उल्लेख छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर