Aamsanchar

बाइडेन र सीबीचकाे बहुप्रतिक्षित भर्चुअल वार्ता सम्पन्न

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७८

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता सम्पन्न भएको छ । बिहान भएको वार्तामा चिनियाँ राष्ट्रपतिले चीन अमेरिकासँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहेको बताउनुभएको बीबीसीले जनाएको छ।

यस्तै, बाइडेनले मानवअधिकार र इन्डो प्यासिफिक क्षेत्रको मुद्दा उठाएको खबरमा उल्लेख छ। वार्तामा चिनियाँ राष्ट्रपति सीले दुई देशले एक अर्काको सम्मान गरेमा मात्रै सम्बन्ध मजबुत हुन सक्ने बताउनुभएको थियो ।

दुई देशले संवाद जारी राख्नुपर्ने र मिलेर चुनौतीको समाधान गर्नुपर्ने चिनियाँ राष्ट्रपतिको भनाइ छ। वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपतिसँग इमानदारी र स्पष्टताका साथ वार्ता भएको भन्दै सम्बन्धलाई सकारात्मक बनाउने विषयमा दुवै एकमत रहेको बताउनुभएको थियो ।

ताइवानको विषयलाई लिएर पछिल्लो समय चीन र अमेरिकाबीच तनाव बढेको छ । तर बेलायतमा भएको कोप-२६ सम्मेलनमा आश्चर्यजनक रुपमा दुई देशबीच सहमति भएको थियो । आज भएको वार्तामा बाइडेन र सी बीच केही समय हाँसो मजाक पनि भएको समाचार संस्था रोयटर्सले जनाएको छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर