Aamsanchar

कम्पालामा आत्माघाति विष्फोट हुँदा कम्तिमा ३ जना मारिए, ३० घाइते

Author Image
बुधवार, मंसिर १, २०७८

एजेन्सी- अफ्रिकी मुलुक युगाण्डाको राजधानी कम्पालामा आत्माघाति विष्फोट हुँदा कम्तिमा ३ जना मारिएका छन् । मोटरसाइकलमा आएका तीन जना आत्माघाति हमलाकारहरुले आफैंलाई विष्फोट गराएको प्रत्यक्षीदर्शीहरुले बताएका छन् ।

कम्पालाको संसद भवन नजिक व्यस्त बजारमा विष्फोट गराइदा ३० जना घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने त्यहाँको प्रहरीले जनाएको छ । इस्लामिक अतिवादी समुह आइ।एस।ले घटनाको जिम्मा लिएको छ । शहरका अन्य भागमा विष्फोट नभएका केही बम बरामद भएको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर