Aamsanchar

क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा

Author Image
बिहिवार, मंसिर २, २०७८

काठमाण्डाै – ठूलो आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ । आँधीका कारण सडक तथा रेलमार्ग क्षतविक्षत छन् । इन्धन र खाद्यान्नलगायतको आपूर्ति प्रभावित बनेको छ । हजारौँ मानिसले घरबास छोडेर सुरक्षित ठाउँको खोजीमा लागेका छन् । प्रभावित क्षेत्र ब्रिटिस कोलोम्बियाबाट हजारौँ मानिसलाई अन्तै सारिएको छ ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सेना परिचालन गरी पुनर्निर्माणका लागि सहयोग गर्ने समेत बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । गएको ग्रीष्मकालमा ब्रिटिस कोलोम्बियामा ५ सय जनाको ज्यान जाने गरी तापक्रम अहिलेसम्मकै उच्च पुगेको थियो ।

यो वर्ष क्यानडाले दोस्रो पटक प्राकृतिक विपत्तिको सामना गर्नुपरेको हो । प्राकृतिक विपत्तिको अवस्था उत्पन्न हुनुमा जलवायु परिवर्तन कारक रहेको हुनसक्ने विज्ञले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर