Aamsanchar

एमाले दशौँ राष्ट्रिय महाधिवेशन : पाँचथरबाट आठ जना प्रतिनिधि चयन

Author Image
शनिवार, मंसिर ४, २०७८

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । ​खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन र धनकुमार फियाक चयन भएका छन् । महिलातर्फ आशारत्न जवेगु र सीता आचार्य तथा दलिततर्फ नारायण खाती चयन भएका छन् ।

यता, एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर