Aamsanchar

नारी सञ्चार गृहको अक्षयकोषमा पारुको सहयोग

Author Image
आइतवार, मंसिर ५, २०७८

 

 
विर्तामोड – बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकी पारु लोहारले नारी सञ्चार गृहको अक्षयकोषका लागि सहयोग गर्नुभएको छ ।
झापाका महिला पत्रकार तथा सञ्चारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि सहयोग गर्नुभएको हो ।
विदेशी भूमिमा पसिना बगाएर आफू आवद्ध संस्थाले दीर्घकालीन लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषको लक्ष्य प्राप्तीका लागि भन्दै पठाएको ५ हजार १०५ पाँच रुपैयाँ पारुकी आमा हरिमाया लोहारले  संस्थाका अध्यक्ष भीमा शिवाकोटी अक्षयकोषका संयोजक रेजिना गौतम, सदस्य शिला उप्रेतीसहितको टोलीलाई हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा संस्थाका अध्यक्ष शिवाकोटीले संस्थाका लक्ष्य र उद्देश्यबारे जानकारी दिंदै पारुको सहयोगी मनप्रति सम्मान व्यक्त गर्नुभयो । सञ्चार क्षेत्रमा आवद्ध लोहार विभिन्न पारिवारिक समस्याका कारण झण्डै दुई वर्ष अघि पेशा छाडेर बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर