Aamsanchar

राप्रपाको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु हुँदै

Author Image
सोमवार, मंसिर ६, २०७८

 

 

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

आउँदो १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा हुने महाधिवेशनका लागि देशका तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयनको लागि चुनाव हुने राप्रपाले जनाएको छ । दुई हजार नौ सय ७० प्रतिनिधि छनोटका लागि आज, भोलि र पर्सि महाधिवेशन प्रतिनिधिको चुनाव हुने तालिका छ ।

राप्रपाले हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनाेट गर्ने जनाएको छ । यसअघि गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरु पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर