

काठमाडौं – भैरहवास्थित एक क्यासिनोबाट जुवा खेलाउने क्रममा १९ जना नेपाली पक्राउ परेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित रोयल कालिङ्गा क्यासिनोबाट जुवा खेलाउने म्यानजरसहित ४ जना र खेल्ने १५ जनालाई पक्राउ गरिएको हो।
उक्त क्यासिनोमा कानूनविपरीत नेपालीहरू जुवा खेलिरहेको सूचनाका लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले हिजो राति छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार पत्राउ पर्नेहरु काठमाडौं, ललितपुर, गुल्मी र पर्साका एक–एक जना रहेका छन्।

उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ थान मोबाइल र २ सय थान क्यासिनो क्वाइन बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

Views: 106


