Aamsanchar

आज मङ्गल चौथी

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

किलौ चण्डी विनायकौ उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अतस् माता दुर्गाभवानी र विघ्नहर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्नहर्ता गणेशजी भगवानलाई खुशी पार्नसके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्तिहुनेकुरा गणेश पुराणमा वर्णन गरिएकोछ । मंगलवारको दिन चौथी तिथी परो भने गणेशजीलाई प्रसन्न पार्न मंगलचौथी पर्व मनाइनुका साथै गणेशजीको पूजा, आराधना, ब्रत प्रारम्भ सहित उद्यापन यस दिन गर्ने गरिन्छ ।

जसले यसदिन ऋद्धि सिद्धि सहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आरधना गर्दछ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभफल र ममानसिक शान्ति पाउने र सबै प्रकारका दुख९कष्ट र विघ्नबाधाआदि सबै प्रकारका दुख हराउने हुनाले यसदिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ जसमध्ये धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, सिन्दुर, रातो अक्षता, शौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, रातोफूल, माला, लड्डु, दुबोआदि सरजाम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दिप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानि, फूल, कुश या दुबो र द्रब्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ ।

संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नमस् भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहनगरी कलशभित्र पञ्चरत्न। पञ्चपल्लव, सर्वोषधिआदि राखेर कलशमाथी पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिन्गोफल राखेर सबै उपचारले पूजागर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ ।

सकिन्छ भने यो मात्र पढेर ध्यान गर्ने

वक्रतुंड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।

यो मात्र सहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहनगर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नम स् भन्दै पाद्य, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दुर, अक्षता, वस्त्रआदि चढाउनु पर्दछ तत्पश्चात जौ, तिल, फूल, माला, दुबो, बेलपत्र सहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमस् भन्दै अङ्ग पूजनगरि धूप, दिप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्यदक्षिणा अर्पणगरि रातो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण उपस्थित भक्तहरुले गणेशजीको निराजन आरति सङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुनस् पुष्पाञ्जली गरेर आरतिलाई सितलगरि सबैजनाले आरतिलिनु पर्दछ र आफ्नो मनोकामना पूर्णहोस् भनि विघ्नेश्वर गणेशजीलाई साष्टाङ्ग प्रणामगरि आशिर्वाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्नभई भक्तहरूको मनोकामना अवस्यनै पुरा गर्नुहुनेछ । अस्तु ।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर