Aamsanchar

अमेरिका र तालिबानले पुन: वार्ता गर्ने

Author Image
बुधवार, मंसिर ८, २०७८

 

   

काठमाडौं- अमेरिका र तालिबानले पुन: वार्ता गर्ने भएका छन् । दुबै पक्षबीच आगामी हप्ता कतारमा पुन: वार्ता हुन लागेको हो ।

अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार दुबै पक्षबीच बैठक बस्न लागेको र बैठकमा आ-आफ्ना ‘राष्ट्रिय चासो’बारे छलफल हुने जानकारी गराएका हुन् ।

अफगानिस्तानका लागि विशेष अमेरिकी प्रतिनिधि टोम वेस्ट नेतृत्वको टोलीले आगामी हप्ता ताइवानसँग वार्ता गर्ने समाचारमा उल्लेख छ ।

अमेरिका र तालिबानबीच दुई हप्तासम्म चल्ने वार्तामा इस्लामिक स्टेट (आईएस-के) तथा अलकायदाविरुद्धको लडाइँ, अफगानिस्तानको मानवीय संकट, संकटग्रस्त अर्थतन्त्रबारे छलफल हुने टीआरटी वर्ल्डले जनाएको छ ।

त्यस्तै, विगत २० वर्षदेखि अमेरिकाका लागि काम गरेका अफगान नागरिक तथा अमेरिकीहरूलाई काबुलबाट सुरक्षित साथ लैजाने विषयमा समेत छलफल हुनेछ ।
अमेरिकी विशेष दूत वेस्टले शुक्रबार मात्रै आर्थिक तथा कुटनीतिक सहायताका लागि तालिबानसमक्ष आफ्ना शर्त राखेका थिए ।

उनले आतंकवादविरुद्ध लड्नुपर्ने, समावेशी सरकार गठन गर्नुपर्ने, अल्पसंख्यक, महिला तथा बालबालिकाको अधिकार सम्मान गर्नुपर्ने र शिक्षा तथा रोजगारमा समान पहुँच दिनुपर्ने जस्ता शर्त राखेका थिए । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर