Aamsanchar

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Author Image
शुक्रवार, मंसिर १०, २०७८

झापा- झापामा जंगली हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जामगरको मृत्यु भएको हो ।

बिहान करिब साढे ६ बजे मेचीनगर नगरपालिका–१४, शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अस्पताल पठाइने जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ । आक्रमण गर्ने हात्ती चारआली जंगलतर्फ लागेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)