Aamsanchar

रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु , ४९ घाइते

Author Image
शुक्रवार, मंसिर १०, २०७८

     

काठमाण्डाै – रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको ज्यान गएको छ । ४९ जना मजदुर घाइते भएका छन् ।

खानीमा हावा जाने प्वालमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२  जना मजदुरको ज्यान गएको बीबीसीले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको खबरमा उल्लेख छ। ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ  ।

मिथेन ग्याँस निस्किरहेकाले विष्फोट हुन सक्ने भन्दै उद्धार कार्य रोकिएको छ । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

२ सय ८५ जना मजदुरले काम गरिरहेको खानीमा दुर्घटना भएपछि अधिकारीहरु भने भागेका थिए । राजधानी मस्कोबाट ३५ सय किलोमिटर टाढा केमेरोभो क्षेत्रमा यो खानी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर