Aamsanchar

एमाले महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु

Author Image
शनिवार, मंसिर ११, २०७८

 

     

चितवन : नेकपा (एमाले) को १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरू हलभित्र प्रवेश गरिसकेपछि महासचिव इश्वर पोखरेलले कार्यक्रम संचालन गर्न सुरु गरेका छन्। 

अध्यक्ष केपी ओलीसहितका सबै शिर्ष नेता पनि बन्दसत्र हलमा पुगिसकेका छन्। चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा सुरु भएको बन्दसत्रको सुरुमा विदेशी पाहुनालाई बोल्न दिने कार्यक्रम छ।

महाधिवेशनमा शुभकामना दिन विभिन्न देशबाट आएका विदेशी पाहुनालाई शुक्रबार उद्घाटन समारोहमा समय अभाव हुने भएपछि बोल्न दिइएको थिएन।

उनीहरुलाई बन्दसत्रको सुरुमै शुभकामना मन्तब्यका लागि समय दिइनेछ। 

त्यसपछि विधान संशोधन प्रस्ताव पेश हुनेछ। शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटीको बैठकले दुई उपाध्यक्ष, दुई महासचवि र ७२ केन्द्रीय सदस्य थप गरी केन्द्रीय समितिको संख्या २२५ बाट ३०१ बनाउने गरी विधान संशोधन गर्ने निर्णय गरेको थियो। 

यसअघि विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै नेताहरु छलफलमा जुटेपछि ढिलो गरी सुरु भएको हो। नेताहरुबीच विभिन्न चरणमा छलफल भए पनि नेतृत्व चयनमा सहमति हुन सकेको छैन । 

बन्दसत्रले विधान संशाेधन प्रस्ताव अनुमोदन गरेपछि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु हुनेछ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर