Aamsanchar

कांग्रेस इलाम सभापतिमा डम्बर खड्का विजयी

Author Image
शनिवार, मंसिर ११, २०७८

 

       

इलाम – नेपाली कांग्रेस इलामका सभापतिमा डम्बर खड्का विजयी बनेका छन्। प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का सभापति बनेका हुन्। खड्काले ९ सय ३५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी आचार्यले ७ सय ७५ मत पाए।

खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन्। आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए।

पदाधिकारीमा खड्का समूह अल्पमतमा

​अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ। सात पदाधिकारीमध्ये खड्का समूहबाट सभापतिसहित ३ र आचार्य समूहबाट ४ पदमा विजयी बने।

उपसभापतिमा ८ सय ७४ मत पाई खगेन्द्र देवान र ७ सय ७८ मत ल्याई विष्णुकुमारी लिम्बु दाहाल विजयी बने। विजयी दुवैजना आचार्य समूहका हुन्। उनीहरूले केदार थापा र होमप्रसाद दुलाललाई हराएका थिए।

सचिवमा आचार्य समूहका पूर्णप्रसाद गौतम ८ सय १९ मत र खड्का समूहका निरोज खड्की ७ सय ९३ मतका साथ विजयी बने। उनीहरूले विष्णु हेमकुमार कार्की र हुकुमलाल थेबेलाई हराए।

सहसचिवमा खड्का समूहबाट डालाकुमारी कार्की ८ सय ६५ मत र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी बने। उनीहरूले चक्र एक्तेन (अभिषेक) र प्रविना राईलाई हराए।

२२ जिल्ला सदस्यका लागि भएको निर्वाचनमा समेत मिश्रित परिणाम आएको छ।

पछिल्लो समय आचार्य पक्ष बलियो बन्दै गएपछि उनलाई एकल्याउन नयाँ समीकरण बनेको थियो। संघीय निर्वाचन क्षेत्रतर्फका दुवै क्षेत्रमा आचार्य पक्षका उम्मेदवारले सभापति जितेका थिए। प्रदेशसभाका ३ क्षेत्रमा आचार्य पक्षका र १ क्षेत्रमा मात्र खड्का समूहका सभापति चुनिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 319

प्रतिक्रिया (०)

सम्बन्धित खबर