Aamsanchar

यी सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगिन्

Author Image
सोमवार, मंसिर १३, २०७८

काठमाण्डाै – न्युजिल्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् । अस्पताल पुगेको एक घण्टामै उनले बच्चा जन्माएकी बीबीसीले जनाएको छ । ‘बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुपर्यो’– सांसद जुली एन जेन्टरले साइकल चलाउँदै गरेको तस्बिरसँगै फेसबुकमा लेख्नु भएको छ ।

ग्रीन पार्टीको यातायात मामलाकी प्रवक्ता पनि रहेकी उहाँले यस्तो काम गरेको यो पहिलो पटक भने होइन । तीन वर्षअघि आफू मन्त्री हुँदा पनि उहाँले सुत्केरी हुन अस्पताल जाँदा साइकलको प्रयोग गर्नु भएको थियो। 

४१ वर्षीया उहाँले आफू र आफ्ना पतिले साइकल चलाएरै अस्पताल जाने निर्णय गर्दा आफूलाई कुनै सङ्कोच नलागेको पनि बताउनु भएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर