Aamsanchar

मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ३ विद्यार्थीको मृत्यु

Author Image
बुधवार, मंसिर १५, २०७८

काठमाण्डाै – अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा १६ वर्षीय किशाेर, १४ र १७ वर्षीया किशाेरीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेकाे परिचय खुल्न सकेकाे छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर