Aamsanchar

‘तत्कालीन प्रधानमन्त्री राणाले दास प्रथा उन्मूलनको घोषणा गरेका हुन् ’

Author Image
बिहिवार, मंसिर १६, २०७८

आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रुपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबैलाई दासताका विभिन्न रुपमा मान्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार आधुनिक समयमा पनि निकै धेरै मानिसहरु दासताको शिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांकअनुसार ४ करोडभन्दा बढी मानिसहरु विश्वभर आधुनिक दासताको शिकार बनेका छन् । हुन त कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रुपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताका रुप मानेर लिने गरिन्छ ।

संयुक्त राष्ट्रसंघले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रुपमा मनाउन थालेको हो । राष्ट्रसंघले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ ।

अब लागौँ, नेपालको सन्दर्भमा । नेपालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेर जंगबहादुर राणाले आजभन्दा ९४ वर्षअगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका हुन् । नेपालका गाउँगाउँमा पनि विभिन्न स्वरुपमा दास प्रथा कायम थियो । अहिले पनि विभिन्न ठाउँमा दासताको नाममा विभिन्न कुप्रथाहरु चलिरहेको यदाकदा सुन्न सकिन्छ । कमलरी प्रथा यसको एउटा उदाहरण हो ।

नेपालमा केही वर्षअघिसम्म चेलीबेटी बेचबिखन पनि निकै बढी हुने गथ्र्यो । तर, पछिल्लो समय यसमा पनि कमी आउन थालेको छ । यसरी यस्तो विषयमा कमी आउनुको कारण चाहिँ शिक्षा हो । जनचेतनामूलक कार्यक्रमहरु गाउँगाउँमा पुर्याउन सकिने हो भने दासताका अनेक स्वरुपलाई हामीले उन्मुलन गर्न सक्छौँ ।

दासता कुनै पनि अर्थमा सही र राम्रो होइन । हामीले मानवअधिकारको सुनिश्चितताका लागि सधैं आवाज उठाउनु पर्छ । हाम्रो पात्रो परिवार आजको दिन दासताका कुनै पनि स्वरुपमा हामी नलागौँ भन्ने प्रण गर्न अनुरोध गर्दछ । सबैलाई शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 436

प्रतिक्रिया (०)

सम्बन्धित खबर