Aamsanchar

दिल्लीका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द

Author Image
बिहिवार, मंसिर १६, २०७८

 

     

काठमाण्डाै – वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् ।

दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो । भारतको सर्वोच्च अदालत (सुप्रिम काेर्ट) ले पनि आज बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ ।

दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो । तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिएकाले तत्काल विद्यालय बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । सरकारले भोलिदेखि विद्यालय बन्द गरे/नगरेको अनुगमन गर्ने जनाएको छ ।

नोभेम्बरका ११ दिन दिल्लीमा वायु प्रदूषणको स्तर अहिलेसम्मकै खराब थियो । नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको तथ्याङ्कले देखाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर