Aamsanchar

भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला

Author Image
बिहिवार, मंसिर १६, २०७८

 

   

काठमाण्डाै – भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

गएको शुक्रवार दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएकोमा अहिले २० भन्दा बढी देशमा यो सङ्क्रमण पुष्टि भइसकेको छ । 

कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन भन्दै विभिन्न देशले अफ्रिकी देशहरूसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् । तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले भने यात्रा प्रतिबन्ध ओमिक्रोन भेरियन्ट नियन्त्रणको समाधान नभएको भन्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन बताउँदै आएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर