Aamsanchar

‘ओठ फुटेर हैरान हुनुहुन्छ, चिन्ता नगर्नुहोस अपनाउनुहोस यी उपाय’

Author Image
आइतवार, मंसिर १९, २०७८

भिटामिन ‘बी’, ‘सी’, ‘इ’ को कमीका कारण ओठ फुट्ने समस्या देखिने एक अध्ययनले देखाएको छ । जाडो होस या गर्मी दुवै मौसममा ओठ फुटने समस्या छ भने यो समस्याबाट सदैका लागि छुटकारा पाउन तपाईले के कस्ता कसरत गर्नु भएको छ ।पक्कैपनि बजारमा आएका बिभिन्न केमिकलयुक्त पदार्थहरु प्रयोगमा ल्याउनु भएको होला । तपाईलाई पक्कै पनि लागेको होला माथी। उल्लेखीत समस्या समाधानका लागि बजारमा पाईने विभिन्न औषधीले ठिक हुन्छ ।

जानी राख्नुहोस यसले गर्दा समस्या समाधान हुनु त के साइड इफेक्टस् हुने खतरा बढ्न सक्छ । यस्ता समस्या समाधान गर्नका लागि हामीले आठ तरिका प्रस्तुत गर्दैछौंः जुन निम्नानुसार छन्।

  • खानाका भिटामिन ‘बी’, ‘सी’, ‘इ’ प्राप्त हुने खानेकुराहरु खाँदा ओठ फुट्ने समस्यावाट घटदै जान्छ
  • ओठको छालामा तैलीय ग्रन्थी नहुने हुँदा उचित प्रकारले रेखदेख गर्नुपर्ने हुन्छ । बिनाकारण कोट्याउने तथा कन्याउने गर्नु हुदैन । ओठमा मामरी जमेमा त्यसलाई हलुकासंग सफा गर्ने गर्नु पर्छ ।
  • तैलीय ग्रन्थी नहुने हुंदा ओठ सुक्ने, चिरीने तथा मामरीजस्तै बक्लो जम्ने संभावना हुन्छ । यसको समाधानका लागि सुत्ने समयमा लिप बाम लगाउनु उचित हुन्छ ।
  • ताजा कागतीको रस, मह र ग्लिसिरिनलाई मिसाएर लगाउनाले ओठलाई सधै ताजापन दिनमा मद्त गर्दछ । जसको कारणवाट ओठ मा सुख्खापन देखिदैन, सधै स्वस्थ र स्फुर्ती देख्न सकिन्छ ।
  • चुक्नदरको रस पनि ओठको सुन्दरताका लागि अत्यन्तै लाभदायक मानिन्छ, यसको नियमित प्रयोगले ओठको सुन्दरता कायम राख्नमा सहयोग पूर्याउदछ ।
  • सुत्ने बेलामा दुधको तर लगाएर ओठ मालिस गर्नाले पनि ओठमा सधै स्फुर्तीपना आउँछ । दुधको तरमा चिल्लो पना तथा छाला नरम बनाउन सक्ने तत्बहरु भएको हुनाले यसको प्रयोग अत्यन्तै लाभदायक मानिन्छ ।
  • हरियो धनियाको रस बाट दैनिक रुपमा ओठ मजाज गर्ने गर्नुहोस, यसले गर्दा पनि ओठमा ताजापन दिन सहयोग पूर्याउछ ।
  • निकै पूरानो लिपिस्टिक तथा अन्य बामहरु पूरानो भएको खण्डमा प्रयोग गर्नु हुदैन, किनकी तपाइको ओठ कालो बनाउन सक्ने संभावना हुन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर