Aamsanchar

पोर्चुगलका राष्ट्रपति मर्केलाेद्वारा संसद् विघटन

Author Image
सोमवार, मंसिर २०, २०७८

 

 

काठमाण्डाै – पोर्चुगलका राष्ट्रपति मर्केलाे रिबेलाे डी साैसाले संसद् विघटन गर्दै अग्रिम चुनावकाे घोषणा गर्नुभएकाे छ ।

राष्ट्रपति सौसाले हिजाे आइतवार संसद् विघटन गरिएको घोषणा गर्दै चुनावकाे मिति तोक्नुभएको हो । उहाँले सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय चुनाव गर्ने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन गरिएको छ । संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद् विघटन गर्दै चुनाव घोषणा गर्नुभएको हो । सरकारको बजेट पारित गर्नका लागि गएकाे अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर