Aamsanchar

पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, दुई जना पाइलटको ज्यान गयो

Author Image
मङ्गलवार, मंसिर २१, २०७८

काठमाण्डाै – पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको हो ।

पाकिस्तानको कब्जामा रहेको गिलगिट–बाल्टिस्तानको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको ज्यान गएको समाचार संस्था (एएनआई)ले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर