Aamsanchar

न्युजिल्याण्डले १४ वर्षभन्दा कम उमेरकालाई चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने

Author Image
बिहिवार, मंसिर २३, २०७८

काठमाण्डाै – न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा विश्वकाे सबैभन्दा कठिन प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे सरकारले बताएकाे छ ।

१४ वर्षभन्दा कम उमेरकालाई सन् २०२७ देखि कहिले पनि यस प्रशान्त देशमा चुराेट किन्ने अनुमति दिइने छैन । न्युजिल्यान्ड सरकारकाे लक्ष्य सुर्तीजन्य वस्तु बेच्ने र सबै उत्पादनमा निकाेटिनकाे स्तर कटाैती गर्नु हाे ।

न्युजिल्यान्डका एसाेसिएट स्वास्थ्यमन्त्री आयशा वेराले भन्नुभयाे, ‘युवाले कहिल्यै धूम्रपान सुर नगरून् भन्ने सुनिश्चित गर्न चाहन्छाैँ । यसैका लागि हामी युवाहरूकाे नयाँ समूहलाई धूम्रपान गर्ने सुर्तीजन्य उत्पादनलाई बेच्ने या आपूर्ति गर्ने कामलाई अपराधका रूपमा ताेक्छाैँ ।’

सरकारी तथ्याङ्कका अनुसार वर्तमान समयमा न्युजिल्यान्डमा १५ वर्ष उमेरमाथिका सबै ११ दशमलव ६ प्रतिशत धूम्रपान गर्छन् । याे तथ्याङ्क स्वदेशी माओरी जाति वयस्ककाे बीचमा २९ प्रतिशतसम्म बढ्छ । सन् २०२२ काे अन्त्यसम्म याे कानुन बनाउने उद्देश्यका लागि न्युजिल्यान्ड सरकारले आउँदाे जुन महिनामा संसदमा कानुन पेस गर्नेछ तर त्यसअघि सरकारले आउँदा महिनामा माओरी स्वास्थ्य कार्य बलसँग परामर्श गर्नेछ ।

यसपछि प्रतिबन्धलाई सन् २०२४ देखि विभिन्न चरणमा सुरु गरिनेछ, जसकाे सुरुवात अधिकृत ब्रिकेताहरूकाे सङ्ख्यामा तीव्र कमीकाे साथ हुनेछ, त्यसपछि सन् २०२५ मा निकाेटिनकाे आवश्यकतामा कमी हुनेछ र सन् २०२७ देखि ‘धूम्रपान–मुक्त’ पिँढी बन्नेछ ।

न्युजिल्यान्डमा धूम्रपानका कारण हरेक वर्ष झन्डै पाँच हजार जनाकाे ज्यान जाने गरेकाे छ । १८ वर्षभन्दा कम उमेरका पाँचमध्ये चार जनाले पहिले नै धूम्रपान सुरु गर्छन् । सरकारकाे याे कदमलाई स्वास्थ्य अधिकारीहरूले स्वागत गरेका छन् । खुद्रा बिक्रेताहरूले भने आफ्नाे व्यवसायमा पर्ने प्रभावकाे बारेमा चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर