Aamsanchar

ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गयो

Author Image
शुक्रवार, मंसिर २४, २०७८

काठमाण्डाै – मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । ५८ जना गम्भीर घाइते भएका छन् ।  मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन्  ।

गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।  यो ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए ।  गरिबी तथा हिंसा लगायतका कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 398

प्रतिक्रिया (०)

सम्बन्धित खबर