Aamsanchar

अन्तर्राष्ट्रिय पर्वत दिवस आज

Author Image
शनिवार, मंसिर २५, २०७८

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय पर्वत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्त्वमा जोड दिँदै हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा नेपाल पर्वतारोहरण सङ्घले विभिन्न कार्यक्रम गर्ने गरेको छ । पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।

विश्वको कुल जनसङ्ख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् । यसैगरी, नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ । जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ । विश्वका मुख्य हिमालहरू मध्ये धेरै जसो नेपालमा नै पर्ने भएकाले विश्व समुदायले चासो व्यक्त गर्ने गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 407

प्रतिक्रिया (०)

सम्बन्धित खबर